TodayPati

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ७४ हजार बढी, झण्डै साढे १३ लाख संक्रमित

टुडेपाटी-
काठमाडौं, चैत २५ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ५२ सय २१ जनाको मृत्यु भएको छ ।

यो सँगै यसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या साढे ७४ हजार नाघेको छ । मंगलबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ७४ हजार ६ सय ९२ जनाको मृत्यु भइसकेको जनाएको छ ।

विश्वभर संक्रमितको संख्या १३ लाख ४६ हजार ४ सय २८ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जानकारी दिएको छ । सोमबार कोरोनाका ७२ हजार ८ सय ५० जना नयाँ संक्रमित भेटिएका छन् ।

Sponsored

सोमबार अमेरिकामा कोरोना संक्रमणबाट १२ सय ५५ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या ३ लाख ६७ हजार नाघेको छ भने मृतकको संख्या १० हजार ८ सय ७१ पुगेको छ ।

अमेरिकापछि सोमबार फ्रान्समा धेरैको मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ८ सय ३३ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ भने संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ ।

Sponsored

स्पेनमा हिजो एकै दिन ७ सयले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या १२ हजार नाघेको छ भने संक्रमितको संख्या १ लाख ३७ हजार पुग्न लागेको छ।

सोमबार इटालीमा कोरोना संक्रमणबाट ६ सय ३६ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट साढे १६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या १ लाख ३२ हजार नाघेको छ ।

युकेमा सोमबार ४३९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृतकको संख्या ५३ सय ७३ र संक्रमितको संख्या ५१ हजार ६०८ पुगेको छ ।

जर्मनीमा सोमबार कोरोना संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १८ सय १० र संक्रमितको संख्या १ लाख ३ हजार नाघेको छ ।

त्यसैगरी, सोमबार इरानमा १३६, बेल्जियममा १८५, नेदरल्यान्डमा १०१, ब्राजिलमा ७८, स्वीडेनमा ७६, रोमानियामा २५, स्वीटजरल्यान्डमा ५०, टर्कीमा ७५, क्यानाडामा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६ पुगेको छ । सोमबार मात्र त्यहाँ १८ जनाको मृत्यु भएको छ । आइतबार पनि भारतमा यसको संक्रमणबाट १८ जनाकै मृत्यु भएको थियो । त्याँ संक्रमितको संख्या ४७ सय ७८ पुगेको छ ।

अर्को छिमेकी देश चीनमा सोमबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । त्यहाँ सोमबार मात्र ४ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *