TodayPati

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द, मनोकामना शुक्रवार देखि बन्द हुने

टुडेपाटी–
काठमाडौँ, माघ ५ गते ।

कोरोना संक्रमण दर बढेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको जानकारी दिए ।

Sponsored

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ। नेपाल सरकारको निर्णय अनुसार पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजाबाहेकका सबै धार्मिक क्रियाकलाप बन्द गरिएको उनले बताए ।

२०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

त्यस्तै गोरखाको मनकामना मन्दिरमा भक्तजनलाई समेत रोक लगाइने भएको छ । माघ ७ गते शुक्रबारदेखि मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ।

Sponsored

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको बताए । मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए ।

जनकपुरधामको जानकी मन्दिरले भने अहिले कुनै निर्णय गरेको छैन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *