TodayPati

लागुऔषध सहित महोत्तरीबाट दुईजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, माघ ५ गते ।

लागुऔषध नाइट्रोभेट सहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ६ का २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ का २३ वर्षीय आकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Sponsored

बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका वडा नं. ४ कठुधारबाट दुबैजनालाई नाइट्राभेट–१० सहित पक्राउ गरिएको हो ।

मोटरसाइकलको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डयाएर भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० बरामद गरिएको प्रवक्ता विष्टले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *