TodayPati

‘जनकपुरधाम’ राजधानी र ‘मधेश प्रदेश’ कायम भएको प्रचण्डले दिए बधाई

टुडेपाटी-
जनकपुरधाम, माघ ५ गते ।

प्रदेश नम्बर २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम कायम भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

बुधबार बिहान समाजिक सञ्जाल फेसबुक मार्फत उनले सम्पूर्ण प्रदेशसभा भाका सदस्यसहित सम्पूर्ण मधेशवासीलाई बधाई दिएका हुन् ।

Sponsored

उनले आफ्नो पार्टीले उठाइरहेको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नम्बर २ को नाम र सदरमुकाम काम भएको भन्दै मधेशका बासिन्दालाई शुभकामना दिएका हुन्।

‘हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं. २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेशमुकाम र राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन् ।

सोमबार प्रदेशसभामा भएको मतदानबाट दुई तिहाइ बढी बहुमतले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *