TodayPati

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ हुनुपर्ने प्रस्तावमा मतदान सम्पन्न, मतगणना सुरु

टुडेपाटी

जनकपुरधाम, माघ ३ गते ।

प्रदेश २ को स्थायी राजधानीजनकपुरधाम टुङ्गो लागेपछि नामका लागि मतदान सम्पन्न भएको छ ।

Sponsored

तीन दल जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त प्रस्ताव मधेशमा पहिलो मतदान भएको हो ।

मतदान सकिएको र मतगणना कार्य सुरु भएको सभामुख सरोजकुमार यादवले बताए ।

नामका कुनै पनि प्रस्ताव पारित गर्न प्रदेश २ सभामा हाल १ सय ४ जना सांसद मध्ये दुई तिहाई अर्थात ७० मत अवश्यक पर्छ ।

Sponsored

मधेश प्रदेशमा दुई तिहाइ बहुमत पुगेको खण्डमा पारित हुने छ । नभए क्रमशः अन्य नामको प्रस्तावमा मतदान हुने छ ।

नामको लागि चारवटा नाम प्रस्ताव भएको छ । नेकपा एसले जानकी प्रदेश, काँग्रेसले मिथिला भोजपुरा प्रदेश र काँग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *