TodayPati

प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ भन्दा बढीले पारित

टुडेपाटी–
जनकपुरधाम, माघ ३ गते ।

प्रदेश २ को नाम दुई तिहाइ भन्दा बढीले मतले पारित भएको छ ।

यस सँगै झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ । मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मत दिएकोमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ ।

Sponsored

मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेश छ ।

यस अघि आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ भन्दा बढीले पारित भएको छ । कुल मत ९९ खस्दा ७८ मत जनकपुरधामको पक्षमा परेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *