TodayPati

प्रदेश २ को नाम मधेश प्रदेशका लागि मतदान सम्पन्न

टुडेपाटी–
जनकपुरधाम, माघ ३ गते ।

प्रदेश २ को नाम मधेश प्रदेशका लागि भएको मतदान सम्पन्न भएको छ । तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशको पक्षमा मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको हो ।

सभामुख सरोज यादवले प्रदेशसभाका सचिव रंजित कुमार यादवलाई मतगणना गर्न निर्देशन दिएका हुन् । अबको केही समयमा प्रदेशको नाम मधेश प्रदेशको मतगणना सार्वजनिक हुनेछ ।

Sponsored

सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेश छ ।
प्रदेश २ मा हाल १ सय ४ जना सांसद रहेकोमा दुई तिहाईका लागि ७० मतको आवश्यक छ ।

मधेश प्रदेश सँगै नामाकरणका लागि जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको हो । मधेश प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ ।

यस अघि आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ भन्दा बढीले पारित भएको छ । कुल मत ९९ खस्दा ७८ मत जनकपुरधामको पक्षमा परेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *