TodayPati

प्रदेश २ : स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

टुडेपाटी

जनकपुरधाम, पुस २६ गते ।

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित रौतहटबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

Sponsored

पक्राउ पर्नेमा भारतको विहार राज्यको पूर्वीचम्पारण तिलहरा ७ बस्ने ३९ वर्षीय संजय कुमार जयसवाल रहेका छन् ।

भारतबाट बी.आर ०५ ए.जी.८०५६ नम्बरको अपाचे मोटरसाइकलमा नेपाल प्रवेश गरिरहेका बेला सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आइतबार अपराहन्न पौने ४ बजेको समयमा रौतहटको परोहा नगरपालिका १ स्थितबाट जयसवाललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रदेश २ प्रमुख डिआइजी गणेश ठाडा मगरले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

उनका अनुसार चेकजाँच गर्ने क्रममा जयसवाललले मोटरसाइकलको सिट मुनि र शरीरको विभिन्न भागमा लुकाइ राखेको १४ लाख ५० हजार स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेका जयसवालमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *