पत्रकार विजय साहलाई ‘दिलीप पर्यावरण संरक्षण पुरस्कार’
टुडेपाटी-
जनकपुरधाम, पुस २३ गते ।
दोस्रो स्मृति दिवसको अवसरमा ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानले पर्यावरण संरक्षणको अभियानमा योग्दान पु¥याएका एकजना पत्रकारलाई पुरस्कृत गरेको छ ।
चुरेको विषयमा समाचार लेखेर पर्यावरण संरक्षणको कार्यमा योग्दान पु¥याएको भन्दै ढल्केबरका गोरखापत्रका समाचारदाता विजय कुमार साहलाई ‘ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण’ पुरस्कारबाट पुरस्कृत गरेको हो ।
ढल्केबरमा आइतबार आयोजित दोस्रो स्मृति दिवसको अवसरमा पत्रकार साहलाई पाँचहजार नगद र कदर पत्रसहित पुरस्कृत गरिएको प्रतिष्ठानका सचिव फुलगेन महतो मगहीले जानकारी दिए । यो प्रतिष्ठानको तर्फबाट पहिलो पुरस्कार रहेको उनले जनाए ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का उद्योग वन पर्यटन तथा वातावरण मन्त्री सत्रुधा महतोले पुरस्कार हस्तान्तरण गरेका थिए ।
यस वर्षको पुरस्कार चुरे तथा सरसफाई अभियानी प्रदेश सांसद रामअशिष यादवले उपलब्ध गराएका छन् ।
Sponsored