TodayPati

प्रदेश २ का राज्यमन्त्री कर्ण सवार गाडी पल्टियो

टुडेपाटी–
जनकपुरधाम, पुस २१ गते ।

प्रदेश २ का राज्यमन्त्री सवार गाडी सप्तरीमा दुर्घटना भएको छ ।

आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

आज दिउँसो करिब साढे ४ बजे राजविराज सडक खण्डमा विष्णुपुर गाउँपालिका वडा नं. ६ विष्णुपुर चौक स्थित स्कारपिओ आफै अनियन्त्रित भएर पल्टेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

स्कारपिओमा राज्यमन्त्री सहित ६ जना सवार रहेकोमा राज्यमन्त्री कर्णको बाँया हातमा चोटपटक लागेको र अन्यहरुलाई समेत सामान्य चोटपटक लागेको काफ्लेले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *