कांग्रेस धनुषा सभापतिमा मेयर पजियार उम्मेदवारी दिने
टुडेपाटी–
जनकपुरधाम, पुस २१ ।
आगामी माघ १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले उम्मेदवारी दिने भएका छन् । कांग्रेसका नेता विमलेन्द्र निधिको समूहबाट पजियार उम्मेदवारी दिन लागेका हुन् ।
बुधबार उम्मेदवारी घोषणा कार्यक्रमको आयोजना गर्दै धनुषा सभापतिका लागि पजियारलाई कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले गरेका छन् भने जिल्ला सभापति महेशशंकर गिरीले उनको प्रस्तावलाई समर्थन गरेका हुन् ।
सभापतिका उम्मेदवार पजियारले पार्टीलाई बलियो बनाउन र अगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने आफ्नो मुख्य योजना रहेको बताए । उनले सभापतिमा तिनजना उम्मेदवार भएपनि स्वयं पहिलो चरणमै जित्ने दावी समेत गरे ।
पजियारलाई सभापतिका लागि प्रस्ताव गरेका यादवले पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दावी गरे । उनले पजियारलाई नेतृत्वमा ल्याउनका लागि मतदातासँग आग्रह समेत गरे ।
Sponsored