सप्तरीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा दुईको मृत्यु, चारजना घाइते
टुडेपाटी–
जनकपुरधाम, पुस १८ गते ।
दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सप्तरीमा दुईजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते रहेको प्रहरीले जनाएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ४ तुलसी टोल स्थति कंचनपुर फतेपुर भित्रि सडक खण्डमा को २२ प १५५८ र को २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चलाउने दुबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परि कंचनरुप नगरपालिका वडा नं. ७ का शुभास बस्नेत र उदयपुरको चौदण्डी गढी नगरपालिका वडा नं. ९ भिमा टोलका २८ वर्षीय शंकर चौधरीको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा बस्नेतको श्रीमती ३० वर्षीया ममता सापकोटा, उनको छोरा ८ वर्षीय सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएको छ ।
त्यस्तै चौधरीको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका वडा नं. ९ का ३५ वर्षीय रोहित चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।