अपडेट : जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, ८ प्रहरी सहित एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते
टुडेपाटी–
जनकपुरधाम, पुस १८ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच भएको द्विपक्षीय झडपमा घाइते हुनेको संख्या १३ पुगेको छ । झडपमा परेर पाँचजना प्रदर्शनकारी र ८ जना प्रहरी जवान घाइते भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरु राज्यमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यासँ प्रहार भएको जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बस्नेतले प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट ८ जना घाइते भएको जानकारी दिए । नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका एकजना घाइते भएका छन् ।
Sponsored