TodayPati

२०२१ मा धनुषामा ११५ वटा मानव अधिकार उल्लंघनको घटना दर्ता

टुडेपाटी–
जनकपुरधाम, पुस १६ गते ।

धनुषामा २०२१ मा १ सय १५ वटा मानव उल्लंघनको घटना घटेको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले २०७७ पुस १६ गतेदेखि २०७८ पुस १५ गतेसम्ममा सो संख्यामा मानवअधिकार उल्लंघनको घटनाहरु अभिलेखिकरण भएको तथ्यांक सार्वजनिक गरेको छ ।

Sponsored

इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को ३० औँ संस्करण प्रकाशन गर्ने तयारीमा रहेको शुक्रवार पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित एक कार्यक्रममा इन्सेकका धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले एकवर्षमा विभिन्न ११५ वटा घटना घटेको जानकारी दिएका हुन् ।

सन् २०२१ मा सबैभन्दा बटी जवरजस्ती करणीको घटना घटेको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ । एक वर्षमा करणीको ३५ वटा घटना अभिलेख भएकोमा २२ जना बालिका रहेको छ ।

यस एक वर्षको अवधिमा १३ जना महिला बतात्कृत भएको तथ्यांक छ । त्यस्तै बलात्कार प्रयास तथा यौनदुव्र्यवहारको ९ वटा घटना घटेको छ ।

Sponsored

बोक्सी आरोपको एउटा घटना घटेको छ भने जातिय छुवाछुतको १, गैर राज्य पक्षबाट हत्या १४, पारिवारिक हत्या ६, हत्या प्रयास १, हिरासतमा मृत्यु १, मोसो÷दुव्र्यवहार ४, गैर राज्य पक्षबाट कुटपिट १४, राज्य पक्षबाट कुटपिट २, बहुविवाह १६, मानवबेचविखन ४, शारिरिक दण्ड स्कुलमा १, आगजनी १, घरेलु हिंसा २, अप्राकृतिक मैथुन १ र सम्प्रदायिक झडपको एउटा घटना घटेको अभिलेख छ ।
इन्सेक धनुषाका अनुसार यस वर्ष पारिवारिक हत्याको घटनामा वृद्धि भएको पाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *