TodayPati

मूल्य निर्धारण नहुँदै किसानले मिललाई बुझाउन थाले उखु

टुडेपाटी–
काठमाडौं, पुस १६ गते ।

उखु किसानले मूलय निर्धारण नहुँदै उखु मिललाई दिन थालेका छन् । सरकारले मूल्य तोक्न नसकेपछि बिहीबारदेखि सञ्चालनमा आएका चिनी मिललाई कमजोर आर्थिक अवस्था भएका किसानहरुले उखु बुझाउन बाध्य भएको उखु उत्पादक महासंघले जनाएको छ ।

उखु उत्पादक महासंघका अध्यक्ष कमिलमुनी मैनालीले सरकारले मूल्य नतोकेको र आफुहरुले मूल्य प्रस्ताव उद्योगीले नमानेपनि कमजोर आय भएका किसानले मिलहरुलाई उखु पुर्‍याइरहेका बताए ।
मिललाई नदिँदा खेतमा उखु सुकेको र ऋण काडेर खेती गरेका किसान डराएको उनले बताए । मिलसँग उखुको मूल्य भुक्तानी लिन पनि किसानहरुले कुनै सम्झौता नगरी उखु दिन थालेको महासंघले जनाएको छ ।

Sponsored

अध्यक्ष मैनालीले धेरै किसानहरु मिलसँग सम्झौता गरेर मूल्य र भुक्तानीमा निश्चित हुन चाहे पनि मिलहरु नमानेको बताए ।

पुस १५ गतेदेखि चलेका चिनी मिलका लागि पछि सरकारले तोके बमोजिम हुनेगरी भन्दै किसानले उखु बुझाए पनि पछि भुक्तानीका लागि उद्योगीले कुनै सिट रोल नबनाएको महासंघले जनाएको छ ।

बिहीबारदेखि ७ वटा मिल सञ्चालनमा आएको चिनी उत्पादक महासंघले जनाएको छ ।

Sponsored

सिरहाको हिमाल चिनी मिल, महोत्तरीको एभरेष्ट चिनी मिल, सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिल, सर्लाहीकै महालक्ष्माी सुगर मिल, रौतहटको बैजनाथ चिनी मिल, बाराको रिलायन्स चिनी मिल, कैलालीको महाकाली र भागेश्वरी चिनी मिलले यो वर्ष उखु क्रसिङ गर्दैछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *