TodayPati

रौनियार जातलाई जनगणनामा सूचीकृत गरिदिन माग

टुडेपाटी–
काठमाडौं, पुस ११ गते ।

रौनियार जातिलाई जनगणनामा सूचीकृत गराउन नेपाल रौनियार महासंघले माग गरेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले हालै सम्पन्न गरेको १२ औं राष्ट्रिय जनगणनामा रौनियार जातिको नाम सूचीकृत गराउन माग राखेका छन् । नेपाल रौनियार महासंघले विज्ञप्ति बुझाउदै केन्द्रीय तथ्याङ्क विभागको ध्यानाकर्षण गराएको हो ।

Sponsored

महासंघका केन्द्रीय महासचिव श्रवण कुमार रौनियारको नेतृत्वमा विभागका महानिर्देशक नेबिल कुमार श्रेष्ठलाई रौनियार सूचीकृत सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाउदै भने, “हालसम्म तथ्याङ्क विभागले सञ्चालन गर्ने राष्ट्रिय जनगणनामा कहिल्यै सूचीकृत गरेको छैन । यस पटक सूचीकृत गर्न माग गर्छौँ ।”

रौनियारलाई मारमाडी समूहमा राखेर जनगणना हुँदै आएको छ । परापूर्वकालदेखिनै देशभरि करिब तीन लाखको हाराहारीमा रौनियार जातिको बसोबास नेपालमा छ ।

ज्ञापनपनत्र बुझ्दै महानिर्देशक श्रेष्ठले संविधानले नै सबै जातजातिको पहिचानको नैसर्गिक अधिकार सुनिश्चित गरेको बताउँदै यस पटकको जनगणनामा प्राप्त तथ्याङ्क अनुसार कुनै पनि जानजातीलाई सूचीकृत हुनबाट बन्चित नपारिने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *