TodayPati

आज अपरान्ह ३ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

टुडेपाटी–
काठमाडौं, पुस ११ गते ।

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा समितिको बैठक बोलाएका छन् ।

आज अपरान्ह ३ बजे सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

Sponsored

बैठकमा गृहमन्त्री खाँण सहित गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *