जनमत पार्टीका कार्यकर्ताले सिरहामा ट्रक जलाए
टुडेपाटी–
जनकपुरधाम, पुस ११ गते ।
प्रहरीले स्थानीय तहले वितरणका लागि राखेको मल लुटेको भन्दै किसानलाई पक्राउ गरेको बिरोधमा सिरहा जिल्ला बन्दको आह्वान गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक ट्रकमा आगजनी गरेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको छ ।
सिमेन्ट लोड गरिएको ट्रक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको भन्दै आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको अधिकांस भाग जलेको छ ।
यस्तै, बन्दको उल्लंघन गरेर चलाएको भन्दै उनीहरुले १० वटा जति सवारीसाधन तोड्फोड गरेका छन् ।
औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।
Sponsored