सर्लाहीमा इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति
टुडेपाटी–
सर्लाही, मंसिर २५ गते ।
सर्लाहीमा विद्युत सर्टसर्किट भएर पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।
शनिवार विहान करिब डेढ बजेको समयमा जिल्लाको हरिवन नगरपालिका वडा नं. ११ स्थित बिक्रम नेपालले संचालन गरेको नेपाल ईलेक्ट्रोनिक होलसेल पसलमा अचानक विद्युतको तार सर्ट भई आगोलागी हुदा पसल पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन् ।
पसलमा आगलागी हुँदा पसल भित्र बिक्री गर्न राखिएको टि.भि.,फ्रिजहरु र पसल बाहिर पार्किङ गरी राखिएको ज. २ प. ९५७६ नं. को मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगो नेपाल प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीमा कुनै प्रकारको मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
Sponsored