TodayPati

लोसपा प्रदेश २ को अध्यक्षमा सोनल

टुडेपाटी–
जनकपुरधाम, मंसिर २५ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ अध्यक्षमा प्रदेश सांसद जितेन्द्र सोनल चयन भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले पूर्व मन्त्री समेत रहेका सोनललाई अध्यक्षमा चयन गरेका हुन् ।

Sponsored

लोसपा नेपालको अन्तरिम विधान अनुसार प्रदेश अध्यक्षमा सोनललाई जिम्मेवारी दिइएको हो ।

त्यस्तै, अध्यक्ष ठाकुरले प्रदेश सचिवमा नेता रामविनोद चौधरीलाई चन गरेका हुन् ।

यसअघि लोसपाले प्रदेश २ का धनुषा, महोत्तरी, पर्सा र बारा जिल्लामा जिल्ला अध्यक्ष चयन गरेका थिए ।

Sponsored

पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयन गरिएको गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *