प्रदेश २ : भारत पुर्याइएका २३ बालकको उद्धार
टुडेपाटी–
पर्सा, मंसिर २५ गते ।
प्रहरीले भारत पुर्याइएका २३ बालकलाई सद्धार गरेको छ । शुक्रवारमात्र २३ बालकलाई स्वदेश फिर्ता ल्याइएको छ ।
माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख संगीता पुरीका अनुसार काठमाडौं, नुवाकोट, बाँकेलगायतका जिल्ला घर भएका १० वर्षमुनिका ती बालकलाई लामा (बौद्धधर्म) पढाउन भनी दुई जनाले भारतको बोधगया लग्न खोजेका थिए ।
बालकलाई लामा भेषभूषामै भारतीय सहर रक्सौलको रेल्वे स्टेसन एरियामा पुर्याइएपछि भारतीय सुरक्षा बल एसएसबीले जानकारी दिएपछि बालकहरुलाई फिर्ता ल्याइएको छ ।
टोलीको नेतृत्व गरेका ललितपुर सातदोबाटो घर भएका कर्मसन्जोग लामा र गोरखा बिही गाउँपालिका घर बताउने छिरिङ योङ्दो लामाले बालकहरूलाई बोधगयामा पढाउन लैजान लागेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बालकहरूको घर ठेगाना भएको स्थानीय तहको र अन्य कुनै सरकारी निकायको समेत सिफारिस नरहेको पाइएको बताए । बालकहरूको अभिभावकलाई बोलाइएको र उनीहरूलाई जिम्मा लगाई घर पठाउने प्रहरी नायव उपरीक्षक खनालले बताए ।
Sponsored