प्रदेश २ मा सुरु भयो माओवादी केन्द्रको प्रदेश अधिवेशन
टुडेपाटी–
जनकपुरधाम, मंसिर २५ गते ।
प्रदेश २ को राजधानी जनकपुरधाममा माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सबै प्रदेशमा एकैसाथ भर्चुअल माध्यमबाट अधिवेशनको शुभारम्भ गरेका छन् ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुने केन्द्रिय सदस्य समेत रहेका प्रदेश २ का सचिव योगकुमार बरबरियाले जानकारी दिए । विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेश २ मा २७१ सदस्यी समिति रहने छ ।
Sponsored