लकडाउन अवधिभर महासंघले नि : शुल्क खाना खुवाउने
टुडेपाटी-
जनकपुरधाम, चैत २० गते ।
लकडाउन अवधिभर राष्ट्रिय वैश्य कल्याण महासंघ र राष्ट्रिय वैश्य युवा महासंघले गरिब तथा अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुलाई नि : शुल्क खाना खुवाउने भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशमा ‘लकडाउन’ गरेपछि अति विपन्न, गरिव तथा दलित परिवारहरु समस्यामा परेको अवस्थालाई दृष्टिगत गर्दै आफुहरुले उनीहरुलाई नि : शुल्क खाना खुवाएको व्याहुत युवा मञ्चका अध्यक्ष राकेश विक्रम साहले बताए ।
उनले यस्तो संकटको अवस्थामा कुनै राजनीतिक पुर्वाग्रह नराखि सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, विभिन्न निकाय, संघसंस्था, नागरिक समाज लगायतलाई यस तर्फ अग्रसर हुन आग्रह समेत गरे ।
लकडाउनका कारण दैनिक छाक टार्नसमेत समस्यामा परेका जनकपुरधाम उपमहानगरनगरपालिका वडा नं.२४ बसहियास्थित मुसहर बस्तीका ६० घर परिवारका गरीब मजदूरहरुलाई व्याहुत कलवार सेवा समितिको सहयोगमा खाना खुवाइएको साहले बताए ।
Sponsored
चैत १३ गतेदेखि नि : शुल्क खाना वितरण गर्ने कामलाई राष्ट्रिय वैश्य कल्याण महासंघ र राष्ट्रिय वैश्य युवा महासंघले अभियान नै अगाडी बढाउँदै आएको छ । नि : शुल्क खाना खुवाउने अभियानमा वैश्य कल्याण महासंघका केन्द्रिय अध्यक्ष अमरनाथ गुप्ता, राष्ट्रिय वैश्य युवा महासंघका विरेन्द्र साह, व्याहुत कलबार कुट्टिका अध्यक्ष शम्भु साह, महासचिव संजय प्रसाद साह लगायतको सहभागिता रहेको थियो ।