TodayPati

जनकपुर ७ मा एक सय ५० मजदुरका परिवारलाई खाद्यान्न सामाग्री वितरण

टुडेपाटी-

जनकपुरधाम, चैत २० गते ।

देश नै लकडाउन भएको आज १० औं दिन दैनिक ज्यालादारी गर्ने मजदुरका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

Sponsored

जनकपुरधाममा लकडाउनलाई मध्यनजर गर्दै वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको पहलमा गरिब तथा दलित परिवारलाई जनकपुर अटोमोबाइल डिलर एसोसिएसनले राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको हो ।

लकडाउनको असर गरिब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुमाथि बढी परेकोले उनीहरुलाई खाद्यान्नको अभाव भइरहेका बेला आफूहरुले सानो सहयोग गरेको जनकपुर अटोमोबाइल डिलर एसोसिएसनका अध्यक्ष प्रमोद साहले जानकारी दिए ।

एसोसिएसनले अति विपन्न १ सय ५० घरपरिवारलाई चामल, दाल, आलु, प्याज, नुन र सोयाबिन सहितका खाद्यान्न सामग्री वितरण गरिएको उनले बताए । उनले सामाजिक दुरीको ख्याल गर्दै व्यवस्थित तरिकाले राहत बाँडिएको हो । हरेक परिवारलाई मास्क र साबुन समेत वितरण गरिएको छ । एसोसिएसनका अध्यक्ष साहले पहिलो चरणमा आफूहरुले राहत बाँडेपनि आवश्यकता भए अन्य वडासँग पनि समन्वय गरेर लकडाउनको अवधिभर राहत वितरण गर्न तयार रहेको बताए ।

Sponsored

त्यस्तै वडाध्यक्ष साहले अति विपन्न १ सय ५० घरपरिवारलाई राहत सामग्रीको प्याकेज बनाएरै वितरण गरिएको बताए । संक्रमणकालिन यस घडीमा मेयर र उपमेयर मौन रहेकोले वडास्तरमै अन्य सहयोगी हातहरुको सहारा लिएर आफूहरुले राहत बाँड्न सुरु गरेको साहको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *