TodayPati

प्रदेश २ सरकारको राहत कोषमा बैंकको १५ लाख सहयोग

टुडेपाटी-
जनकपुरधाम, चैत २० गते ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले दश लाख रुपैया सहयोग गरेको छ ।

बैंकका विरगंज स्थित प्रदेश कार्यालय र जनकपुर स्थिति शाखा कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई दश लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।

Sponsored

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ ।

त्यसैगरी माछा पुच्छे बैंकले पाँच लाख सहयोग गरेको छ ।
बैंकका जनकपुर स्थिति प्रतिनिधिले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन ।

यस अघि कोषमा, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *