लामखुट्टे आतंक नियन्त्रण गर्न अभियन्ता ठाकुरले छर्के किटनाशक औषधि
टुडेपाटी-
जनकपुरधाम, चैत २० गते ।
कोरोना संक्रमण फैलिन नदिन र लामखुट्टे आतंक नियन्त्रण गर्न सरसफाइ अभियान्ता दिपक ठाकुरले दशरथ नगरमा किटनाशक औषधी छर्केका छन् । जनकपुरधाम उपमहानगरपालिका ८ स्थित दशरथनगरमा उनले आफ्नै पहल र सक्रियतामा उनले किटनाशक औषधि छर्केका हुन् ।
लामखुट्टे आतंक बढेको टोलबासीको गुनासो पछि किटनाशक औषधि छर्केको उनले बताए । फोहरमैला तथा नालाबाट लामखुट्टेको उत्पत्ति हुने गरेकाले दशरथनगरको नालामा किटनासक अौषधि छरेको उनले बताए ।
टोल–टोलमा पुगेर आफुले सरसफाइ र कोरोनाबाट बच्ने विषयमा जनचेतना जगाउने गरेको ठाकुरको भनाइ छ ।
जनकपुरका सरसफाइ अभियन्ताका रुपमा परिचित ठाकुर आफ्नो गाउँटोलदेखि जनकपुरका विभिन्न स्थानमा सरसफाइ तथा समाजका काममा सक्रिय हुने गरेका छन् । दशरथनगर टोल उनको सक्रियतामा हुने नियमित सरसफाइले फोहरमुक्त भएको छ ।