दिल्लीस्थित कोरोना फैलिएको सभामा सहभागी भएको आशंकामा १३ नेपाली मौलवी प्रहरीको फन्दामा
टुडेपाटी-
वीरगञ्ज, चैत २० गते ।
नयाँ दिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा १३ जना मौलवी पक्राउ परेका छन् ।
सो सभामा सहभागी भएको कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको आशंकमा उनीहरूलाई पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
गाउँमा ओहोरोदोहोर गरेपछि गाउँलेहरूले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
स्थानीयहरूले उनीहरू बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा समातेर प्रहरीलाई खबर गरेका थिए ।
यसरी रौतहटका ११ र पर्सा जिल्लाका दुईजना मौलवीलाई पक्राउ गरेको एसपी पन्तले बताइन् ।
अहिले उनीहरूलाई वीरगञ्जको महानगरपालिका–१३ सिद्धार्थ माध्यामिक विद्यालयमा क्वारेन्टाइन राखिएको छ । सबैको स्वास्थ्य परीक्षण हुनेछ ।
यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा सहभागी भएको नभएको अनुसन्धान गर्ने बताइएको छ ।