प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा पहाडी
टुडेपाटी–
सर्लाही, मंसिर ३ गते ।
प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा शंखर पहाडी चयन भएका छन् । शुक्रवार अधिवेशनबाट शंखर पहाडी ‘गौरव’को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । पहाडीलाई सर्वसम्मत चयन गरिएको हो ।
संगठनको उपाध्यक्षमा शर्मिला रमौली, समावेशी उपाध्यक्षमा राजेश थापा, सचिवमा रमेश अधिकारी (रितिक), सहसचिवमा राधेश्याम कुशवाह, समावेशी सहसचिवमा विनु जिम्वा र कोषाध्यक्षमा दुर्गा कुमारी अधिकारीलाई सर्वसम्मत चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा निकिता आस्थानी मगर, तिलक कार्की, स्वस्तीका दाहाल, गणेश खड्का, राजेश थापा, विमल नगरकोटी (अभिषेक), ज्योति लामा, घनश्याम बलम्पाकी, चन्द्र जिम्वा, रामनारायण साह, रोहित पटेल, मोहन नेपाल, असोज यादव, सरोज यादव, जितेन्द्र कुशवाह, हरि निरौला र मुशेक मिश्रलाई चयन गरिएको छ ।