TodayPati

धनुषामा काँग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन अनिश्चितकालको लागि स्थगित

टुडेपाटी–
जनकपुरधाम, मंसिर ३ गते ।
धनुषामा नेपाली काँग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित भएको छ । मंसिर ४ र ६ गतेको लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञावालीले जनाएका छन् ।

नेपाली काँग्रेसको चौँधो महाधिवेशनको लागि मंसिर १ गतेको सुचना अनुसार पालिका स्तरीय तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको थियो ।

तर प्राविधिक कारण देखाउँदै अधिवेशन अनिश्चितकालको लागि स्थगित गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *