दुई मन्त्री लिएर प्रदेश २ सरकारमा जाँदै नेकपा एस, शत्रुधन र प्रमोद मन्त्री बन्ने
टुडेपाटी–
जनकपुरधाम, मंसिर ३ गते ।
प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी सहभागि हुने भएको छ । पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।
पार्टीका संसदीय दलका नेता शत्रुद्यन महतो र प्रमोद यादवलाई सरकारमा सहभागी गराइने पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले जानकारी दिए ।
नेकपा एसलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका थिए ।
एकीकृत समाजवादीलाई यो मन्त्रालायसहित कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिने तयारी छ ।
पार्टीका प्रदेश इन्चार्ज साहका अनुसार दुवै मन्त्रीको शपथ ग्रहण आइतबार दिउँसो २ बजेका लागि राखिएको छ ।
Sponsored