रौतहटमा छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु
टुडेपाटी–
रौतहट, मंसिर २ गते ।
रौतहटमा छुट्टाछुट्टै घटनामा परेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ७ का अमोध पासवानका ३ वर्षीय छोरा कुश पासवानको बुधवार साँझ नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुवाआमा काम गरिरहेको समय खेलिरहेका बालक अचानक नहरमा खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै गरूडा नगरपालिका वडा नं. ५ महम्मदपुरका २६ वर्षीय नन्दकिशोर यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
विद्युतको तार लगेर मोटरबाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
Sponsored