जय भिम बन्यो सबैभन्दा बढी रेटिङ्ग भएको फिल्म
टुडेपाटी–
काठमाडौँ, मंसिर २ गते ।
दक्षिण भारतमा निर्मित चलचित्र जयभिम विश्वमा सबैभन्दा बढी रेटिङ्ग भएको चलचित्र बनेको छ ।
चलचित्रसम्बन्धी तथ्यांकबारे जानकारी दिने बेवसाइट आइएमडिबीमा सबैभन्दा बढी ‘रेटिङ्ग’ पाउने चलचित्र बनेको छ तलिम भाषामा बनेको भारतीय चलचित्र ‘जय भीम’ ।
जय भिमले ‘द शोशंक रिडेम्पशन’ र ‘द गडफादर’ जस्ता ‘क्लासिकल’ चलचित्रलाई समेत मात दिएका छन् ।
जय भीम चलचित्रमा हिन्दू धर्ममा कायम रहेको जाति व्यवस्थामा सबैभन्दा तल्लो तहमा रहेका दलित समुदायमाथि हुने दमनको कथा प्रस्तुत गरिएको छ ।
जय भीमको मुख्य भूमिकामा दक्षिण भारतीय अभिनेता सूर्या रहेका छन् । चलचित्रको निर्देशक टीजे ज्ञानवेलले गरेका हुन् भने निर्देशनमा अभिनेता सूर्याले सहयोग गरेका छन् ।
Sponsored
यो चलचित्र दमनविरुद्ध लड्ने एक वकिलको जीवनमा आधारित रहेको बताइएको छ।
जय भीम तमिल चलचित्र उद्योगमा एक नयाँ आन्दोलनको अंश बनेको छ । पछिल्लो समय युवा चलचित्रकर्मीहरुले दलितमाथि हुने हिंसाविरुद्ध हुँदै आएका दमनको कथा प्रस्तुत गरिरहेका छन् ।
आइएमडिबीमा जय भीमले १० मा ९.६ रेटिङ्ग पाएको छ। आइएमडिबीमा ‘द गड फादर’ को ९.२ तथा द शोशंक रिडेम्पशन’ को रेटिङ्ग ९.३ रहेको छ ।