TodayPati

सर्लाहीमा कांग्रेसका निर्वाचन अधिकृतमाथि हातपात

टुडेपाटी–
सर्लाही, मंसिर २ गते ।

सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशनका लागि खटेका निर्वाचन अधिकृतमाथि कांग्रेसकै एक समूहले हातपात गरेका छन् । बिहिबार निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई पार्टी कार्यालयमा रहेकै बेला एक समुहले घेरा हालेर हातपात गरेका हुन् ।

जिल्लामा अधिवेशनका लागि मतदान अधिकृतहरू खटाउने विषयमा कुराकानी भइरहेका समय निर्वाचन अधिकृतमाथि हातपात भएको हो ।

Sponsored

निर्वाचन अधिकृतमाथि हातपात भएको सर्लाही कांग्रेस सभापति नागेन्द्रकुमार रायले बताए ।

‘निर्वाचन अधिकृतलाई चप्पल लगायतले हातपात गरेका छन् ।

कांग्रेस सांसद अमरेशकुमार सिंह समर्थित टोलीले निर्वाचन अधिकृतमाथि हातपात गरेको आरोप छ । सर्लाहीमा पहिलेका निर्वाचन अधिकृतले राजीनामा दिएपछि केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई नयाँ निर्वाचन अधिकृतका रूपमा खटाएको थियो ।

Sponsored

जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *