TodayPati

धनुषा जिल्ला अदालतमा बैँकको एक्स्टेन्सन काउण्टर स्थापना

टुडेपाटी–
जनकपुरधाम, मंसिर २ गते ।


जनकपुरधाम स्थित रहेको धनुषा जिल्ला अदालतमा लक्ष्मी बैंकले एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा जिल्ला अदालतमा आठौँ नयाँ एक्स्टेन्सन काउण्टरको स्थापना गरेको हो ।

एक्स्टेन्सन काउण्टर विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्ध–सहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

Sponsored

बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम पुगेको लक्ष्मी बैंकले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *