लाइन्स क्बल अफ मिथिलाको सपथग्रहण सम्पन्न
टुडेपाटी-
ढल्केवर, मंसिर २ गते ।
मानवीय परोपकारी कार्य गर्ने उद्देश्यले धनुषाको ढल्केवरमा स्थापना भएको लाइन्स क्बल अफ मिथिलाको पदभार हस्तान्त्ररण तथा सपथग्रहण सम्पन्न भएको । ढल्केवरको कोमल होटलमा बुधबार आयोजित एक कार्यक्रमबीच पदभार हस्तान्त्ररण तथा सपथग्रहण सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा ढल्केवरका युवा व्यवसायी जयप्रकाश साहको अध्यक्षता गठन भएको क्लब अफ मिथिलाका पदाधिकारीलाई डिस्ट्रिक ए टु ३२५ का गर्भनर केशव पाण्डे सथपग्रहण गराए । त्यसअधि लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष राजदीप चौधरीले क्लब अफ मिथिलाका अध्यक्ष साहलाई ग्याम्बर हस्तान्त्ररण गरेर जिम्मेवारी प्रदान गरेका थिए ।
पदभार हस्तान्तरण तथा सपथग्रहण समाहरोमा डिस्ट्रिक ए टु ३२५ का गभर्नर पाण्डेले लाइन्स क्लबको उद्देश्यमाथि प्रकाश पार्दै अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको बताए ।
उनले विश्वका करिब १० करोड भन्दा बढी मानिसलाई भोक, रोग र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको लाइन्स क्लब २१० वटा राष्ट्रमा स्थापना भइसकेको भने । नेपालमा पहिलो पटक सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गर्नुभएको जानकारी गराउँदै गर्भनर पाण्डेले नेपालमा अहिलेसम्म एक हजार आठ सयको हाराहारीमा लाइन्स क्बल स्थापना भएको जानकारी गराए ।
विश्वमा करिब १४ लाख लायन्सका स्वयमसेवक सदस्यहरू कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका चारवटा डिष्ट्रिक्टमा ४० हजार भन्दा बढी लायन्सका सदस्य रहेको गर्भनर पाण्डेले भने ।
Sponsored
कार्यक्रममा मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महताले मानवीय सेवामा संघ संस्थाको भुमिका अतुलनीय हुने हुँदा आर्थिक, सामाजिक विकासका सवालमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै क्लब अफ मिथिलाका अध्यक्ष साहले समाज विकासको गतिलाई सामाजिक तवरबाट सबैसँग हातेमालो गरी समाज उन्नतिको बाटोमा लम्कने भने ।