सर्लाहीको हरिपूर्वा विद्यालयमा भइरहेको अनैतिक क्रियाकलाप रोक्न स्थानीयको माग
टुडेपाटी-
सर्लाही, मंसिर २ गते ।
सर्लाहीको हरिपूर्वा नगरपालिका ५ स्थित राकेश्वर गीब जनता माध्यमिकको अवस्था हालबेहाल भएको छ ।
बुधबार मात्रै विद्यालयबाट भ्रमण जाने विषयमा दुई विद्यार्थी समूहबीच झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् ।
स्थानीय बासिन्दाले विधालयमा शिक्षा निमावली बिपरीत व्यवस्थापन समिति चयन भएदेखी अनैतिक तथा अमानवीय क्रियाकलापहरु बढेको भन्दै तीन सुत्रिय माग गरेका छन् ।
झडप विषयमा छानविन समिति गठन गरी दोषीलाई कारबाही हुनुपर्ने, शिक्षा नियमावली बिपरीत चयन भएको विधालय व्यवस्थापन समितिका पदआधिकारीलाई पदमुक्त गरी कारवाही हुनुपर्ने र दुईदिनदेखि विधालय हाताभित्र भइरहेको कुटपिटमा घाइते भएका विधार्थीहरूलाई उपचारको राम्रो व्यवस्था हुनुपर्ने माग स्थानीयको माग रहेको विरेन्द्र यादवले जानकारी दिए ।
Sponsored