राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त
टुडेपाटी–
विराटनगर, कात्तिक १६ गते ।
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।
सोमबार भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
नेकपा एसका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । उनी आज नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।