TodayPati

माडी पुगेर ओलीले राम–सीताको मन्दिरमा पूजा गरे

टुडेपाटी–
चितवन, कात्तिक १६ गते ।


चितवनको माडीमा पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम–सीता मन्दिरमा पूजा अर्चना गरेका छन् ।
नेकपा एमालेको १० औं महाधिवेशनस्थलको निरीक्षण गर्न चितवन पुगेका ओली अयोध्यापुरीमा बनेको राम–सीताको मन्दिर पुगेर पूजा गरेका हुन् ।

महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न ओली चितवन पुगेका हुन् ।
प्रधानमन्त्री रहेको समय ओलीले माडीको अयोध्यापुरी नै भगवान रामको जन्मभूमि भएको दाबी गरेका थिए । उनले यस स्थानमा अयोध्याधाम निर्माण गर्ने घोषणा समेत गरेका थिए । ओलीले आफ्नै अग्रसरतामा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार पारेर पठाएका थिए तर यहाँ पुगेका थिएनन् । गत वैशाख ८ गते यहाँ निर्माण भएको मन्दिरमा ती मूर्ति स्थापना गरिएको थियो ।

मन्दिर भएको ठाउँ प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित भएको क्षेत्र हो । नेकपा एमालेको महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *