TodayPati

धनतेरसमा किनमेल गर्न जनकपुरधाममा भिड

टुडेपाटी–
जनकपुरधाम, कार्तिक १६ गते ।


धनतेरसको अवसरमा जनकपुरधाममा किनमेल गर्नेको भिड लागेको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज जनकपुरधाम सहित मिथिला क्षेत्रमा ‘धनतेरस’ मनाइँदै छ ।

पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । यसको लागि जनकपुरधाम बजार क्षेत्रमा किनमेल गर्नेहरुको भिड लागेको हो । राममन्दिर, जानकी मन्दिरको छेउमा विभिन्न कलात्मक भाँडाकुडा, भगवानको मुर्ती लगायतका सामानहरुको किनमेल भइरहेको छ भने सुनचाँदी खरिद गर्न भिड लागेको हो ।



घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा आज नै धनतेरस उल्लेख रहेको छ ।

पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड लागेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *