प्रदेश २ : अपहरण मुद्दामा सजाय पाएका व्यक्ति काठमाडौंबाट पक्राउ
टुडेपाटी–
काठमाडौं, कार्तिक १६ गते ।
अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट सजाय पाएका एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत गौशालाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको जिराभवानी गाउँपालिका–६ शंकरसरैया घर भएका ५६ वर्षीय प्रयाग चौधरीलाई तिलगंगाबाट पक्राउ गरेको छ ।
चौधरीसहितको समूहले २०६७ फागुन २४ गते भारतको बिहार राज्यका २० वर्षीय सञ्जयकुमार यादवलाई अपहरण गरी बन्धक बनाएका थिए । जिल्ला अदालत पर्साले उक्त मुद्दामा २०७० माघ १० गते फैसला गर्दै चौधरीलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको जनाएको छ ।