TodayPati

दिपावलीको पूर्व सन्ध्यामा समेत उठेन जनकपुरधामको फोहर

टुडेपाटी–
जनकपुरधाम, कार्तिक १६ गते ।


तिहारको पूर्व सन्धामा समेत जनकपुरधाम नगरक्षेत्रमा सफाइ भएको छैन् । तिहार नजिकिएसँगै तराई मधेशमा घर, आँगन, सडक लगायतका क्षेत्रमा सरसफाई गर्ने गरिन्छ तर जनकपुरधाम उपमहानगरपालिकाले अहिले सडकबाट फोहर मैला नउठाउँदा नगर दुर्गन्धित भएको छ ।



जनकपुरधामको मुख्य चौक रामानन्द चौक, भानुचौक, मिल्स एरिया, मुर्ली चौक, जनक चौक लगायतको क्षेत्रमा सडकमा थुपारीएको फोहरमैला नउठाउँदा नगर दुर्गन्धित भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले सरसफाईको नाउमा लाखौँ खर्च गरेपनि सरसफाई भने हुने गरेको छैन् । उपमहानगरले फोहर नउठाएपछि केहि दिन अघि वडाध्यक्षहरुले फोहर उठाएर नगर प्रमुख लालकिशोर साहको घर अगाडी फोहर थुपारेका थिए ।

उपमहानगरपालिकाले फोहर नउठाएपछि स्थानीयहरुले विरोध जनाएपति उपमहानगरले त्यसमा ध्यान दिएको छैन् । तर त्यसको नाउँमा लाखौँ रुपैयाँ खर्च गरेको पाइन्छ । उपमहानगरले आर्थिक वर्ष २०७६÷७७ मा तिहार, छठ र विवाहपञ्चमीको लागि विशेष सरसफाईको नाउँमा २० लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई दिएको महालेखापरीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *