सबैला नगरपालिकामा भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री कार्यालय र अख्तियारलाई ज्ञापन
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १४ गते ।
सबैला नगरपालिकामा भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार विरुद्ध संघर्ष समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।
आइतवार सबैलाका प्रमुख विजय शंकर प्रसाद साहलगायतकाले विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको भन्दै सिडिओ कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ ।
नगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ देखि हालसम्म नगरपालिकाले विभिन्न कार्य योजनाको किताब र कार्य सम्पन्न योजनाको किताब लगायतका कार्यहरुमा शंकास्पष्द क्रियाकलापहरुको विषयमा सूचना माग गर्दा सूचना नदिएपछि १९ बुँदे शिर्षकमा अनुचित एवं भ्रष्टाचारजन्य कार्य गरेको भन्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार कर्णलाई ज्ञपान पत्र बुझाएको संघर्ष समितिका संयोजक विजयकुमार साहले बताए ।
समितिका संयोजक विजयकुमार साहले सबैला नगरपालिकामा भएको भ्रष्टाचारको यथासिघ्र छानविन गरि कारवाही गर्न माग गरेका छन् ।
संघर्ष समितिले सोलार लाइट जडानको नाममा रकम निकास भएपनि लाइट जडान नभएको, कोभिड–१९ को नाममा भ्रष्टाचार भएको, विउवितरणको नाममा रकम निकासा गरेको, विद्यालयमा प्रयोगशाला स्थापना गरेको भनिएपनि हालसम्म प्रयोगशाला नै नरहेपनि रकम निकासा गरेको, दुर्गापथ सडकको डिपिआरको नाममा रकम निकासा गरि भ्रष्टाचार गरेको, पटेरवा परिक्रमा सडक निर्माणको नाममा भ्रष्टाचार गरेको, औषधी खरिद, गाडी भाडा खर्च, विद्यालय बन्द रहेको अवधिमा दिवा खाजाको नाममा भ्रष्टाचार भएको, एउटै सडक दुई÷दुई पटक निर्माण गरि रकम निकासा गरेको, बाख्रा पाललगायतका योजनामा अनियमितता, सरस एण्ड सुजन कन्स्ट्रकसन कम्पनीको नाममा विना विल भर्पाई गरी रकम अनियमितता, अवैध शिक्षक नियूक्ती, खरिद प्रकृया मिच्दै निकास, खेलकुद सामग्री नाममा निकास, सामाजिक सुरक्षा भत्ता प्रथम चौमासिक तथा दोश्रो चौमासिक नामा अनियमिततालगायतका विभिन्न १९ वटा शिर्षकमा भ्रष्टाचार भएको भन्दै आजै महोत्तरीको बर्दिबास स्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।