तिहार नजिकिएसँगै सर्लाहीको विभिन्न स्थानबाट पटाका बरामद
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १४ गते ।
तिहार नजिकिए सँगै सर्लाहीमा पटाका जन्य सामग्री बरामद गरिएको छ ।
जिल्लाको विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय सर्लाही र सो मातहतको कार्यालयबाट ५२ हजार बराबरको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
तिहार तथा छठ नजिकिएसँगै प्रत्येक वर्ष जिल्लाको विभिन्न स्थानबाट पटाका बरामद गरिन्छ ।
चाडपर्वलाई लक्षित गर्दै सर्लाही प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
सोही क्रममा प्रहरीको गस्ति टोलीले पटाका बरामद गरेको हो ।