देश समान्य अवस्थामा छैन : नेता पौडेल
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १४ गते ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायलयको विवाद कारण देशको समान्य अवस्था नभएको बताएका छन् ।
आइतवार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले अदालतको समस्या समाधानका लागि अब निर्णय लिने बेला भइसकेको पनि बताएका हुन् ।
‘हाम्रा लागि अदालत सबैभन्दा अन्तिम आश्रयस्थल हो। तर त्यहीँ अहिले गम्भीर विवाद चलिरहेको छ। मुद्दाको सुनुवाइ भइरहेको छैन’ पौडेलले भने ‘अदालतको अवस्थामा दहरुले के गर्ने भन्ने भएको छ। यसबारेमा गठबन्धन र बाहिर पनि छलफल गर्नुपर्छ।’
उनले अहिलेको अदालतको संकट ओलीको कारण भएको आरोप लगाए ।
अहिले सर्वोच्च अदालतमा देखिएको तनाव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङका कारण भएको आरोप लगाएका छन्।
Sponsored
ुउनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए। पौडेलले कांग्रेसले आफ्नै शक्तिमा विश्वास गर्ने बताउँदै तालमेलबारे त्यतिबेलै छलफल हुने तर्क गरे।
उनले आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे बोल्न चाहेनन्। यसबारे आफूहरुले उचित निर्णय लिने पनि बताएका छन्।