TodayPati

राजविराज–कुनौली सडक खण्ड भत्किदा हजारौं सर्वसाधारणलाई आवत जावतमा समस्या

शुभ नारायण यादव-
सप्तरी, कार्तिक १४ गते ।
सप्तरीको राजविराज कुनौली सडक खण्ड अन्तर्गत तिलाठी कोइलाडी स्थित सडक भत्किदा आवत जावतमा समस्या भएको छ । बेल्हि भन्सार नजिक सडक भत्किदा त्यस भेगका दर्जनौं वडाका हजारौं स्थानीयहरुलाई दिनहु आवत जावतमा समस्या उत्पन्न भएको हो ।
एक महिना अघि जिता र खाडो नदिमा आएको बाढिले सो सडक भत्किदा पैदल यात्रीहरुलाई छिमेकी मुलुक भारतको कुनोली बजार आवत जावतमा समस्या उत्पन्न भइरहेका छन् ।

सडकको बिच भागमा भत्किदा सप्तरीको तिलाठी कोइलाडी, हनुमाननगर कङकालिनी नगरपालिकाको विभिन्न वडाका साथै अन्य स्थानका व्यक्तिहरुलाई समेत कुनोली बजार आवत जावतमा कठिनाइ झेल्नु परेको छ । तरपनि सो सडक निर्माणका लागि अहिलेसम्म सडक डिभिजन कार्यालय, गाउँपालिका तथा नगरपालिकाको ध्यान नपुगेको स्थानीय उमेश कुमार यादवले गुनासो गरे ।

उनका अनुसार सो सडक भत्किएपछि सो सडक भएर आउने जाने सवारीसाधनहरु ठप्प भएको छ । सडक भत्किएको स्थानमा गाडीको आवत जावतमा समस्या भएको छ भने पैदल यात्रीलाई समेत समस्या हुने गरेको छ । तरपनि सो सडक मर्मत सम्भारका लागि कुनै निकायले ध्यान नदिएको स्थानीयहरुको आरोप छ । सडक भत्किएको महिना दिन बितिसक्दा पनि मर्मत सम्भारका लागि कुनै निकायले ध्यान नदिएका कारणले चाडवाडको बेला कुनोलि बजार पैदल हिडेर जानु परेको स्थानीयहरुको गुनासो छ ।



बर्षासँगै आएको बाढीले सडक भत्किएपछि सशस्त्र प्रहरीले बाटोमा विजुलिको पोल राखेपछि सोही भएर पेदल यात्रीहरु ऋावत जावत गर्न पाएका छन् ।
सडक सञ्चालनमा नआउँदा सो सडकमा सञ्चालित करिब एक दर्जन सिटी सवारीका चालकहरुको रोजी रोटीमा समस्या भएको तिनीहरुको गुनासो छ । स्थानीयहरुले सो सडक अविलम्ब मर्मत गर्न सरोकारवालाहरुसँग आग्रह गरेका छन् । समयमै सडक मर्मतको काम नगरे कडा आन्दोलन गर्ने यादवले भने ।

यससम्बन्धमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष्य सतिश सिंहसँग सम्पर्क गर्न खोजदा उनीसँग सम्पर्क हुन सकेन ।
हनुमाननगर कङकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाका वडाध्यक्ष सत्यनारायण यादवले सो सडक मर्मत सम्भारका लागि आफुले नगरप्रमुख तथा अन्य सम्बन्धित निकायसँग पटक–पटक अनुरोध गरेपनि हालसम्म सडक निर्माणका कसैले कुनै पहल नगरेको बताए ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *