TodayPati

प्रदेश २ : आश्रममा रहेकी महिलामाथि निर्घात कुटपिट, प्रहरीले लिएन उजुरी

टुडेपाटी-
जनकपुरधाम, कात्तिक १४ गते ।

सर्लाहीमा रहेको मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना बाहिरीएको छ ।

जिल्लाको हरिवन नगरपालिका नयाँ रोड स्थित रहेको आश्रम महिलामाथि कुटपिट भएपनि प्रहरीले पिडित पक्षको उजुरी लिन अस्विकार गरेको छ ।

Sponsored

मनसिक रोगको उपचारको लागि कार्तिक ३ गते आश्रम गएकी हरिवन नगरपालिका वडा नं. १ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि कार्तिक ९ गते आश्रममा निर्घात कुटपिट भएको थियो ।


आश्रमबाट सञ्चालक सदस्य सुकदेव कार्कीले रेखाकी आफ्न्तलाई फोन गरेर रेखालाई लैजान आग्रह गरेका थिए । सञ्चालक कार्कीले रेखाकी दाजु नवीन कार्कीलाई फोन गरेर तपाईके मान्छेलाई हामी राख्न सक्दैनौ भनेका थिए ।


रेखाकी दाजु कार्कीले भने, ‘दिदी घर आउँदा दिदीको शरिरभर कुटपिट गरेको निलडाम र घाउ थियो, संवेदनशील अंगमा पनि चोट छ । बिरामी मेरी दिदीलाई यसरी किन कुटपिट गरियो ?’

Sponsored


रेखाकी परिवारले दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएपनि प्रहरीले लिन मानेनन् ।


उजुरी दिदा इन्स्पेक्टरले आश्रमले सहयोग गरिरहेकोले मिलेर जान आग्रह गरेको र उनिविरुद्ध उजुरी लिन नमिल्दे भन्दै उजुरी दर्ता नगरेको पिडित पक्षको आरोप छ ।


न्यायको माग गर्दै पीडित परिवार जिल्ला प्रहरी र जिल्ला प्रशासनमा जाँदा समेत उजुरी नलिने भएपछि सरकारी वकिल कार्यालय मार्फत् जाहेरी दिने तयारी गरेको कार्कीले बताए ।


इता इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले उजुरीमा उल्लेख भए जस्तो घटना नदेखिएकोले उजुरी नलिएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *