TodayPati

महोत्तरीमा जेठाजुको कुटपिटबाट एक महिला गम्भीर घाइते

टुडेपाटी-
महोत्तरी, कार्तिक १४ गते ।

महोत्तरीमा घरायसी विवादमा एक महिलामाथि जेठाजुले मरासन्न हुने गरी कुटपिट गरेको छ ।

महोत्तरीको सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवमाथि निर्घात कुटपिट भएको हो ।

Sponsored

स्थानीका अनुसार जेठाजु ४० वर्षीय जोगेन्द्र यादवले घरायसी विवादमा शनिबार राति निर्घात कुटपिट गर्दा सीमा गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचारको लागि जनकपुर स्थित बौधीमाइ हस्पिटलमा भर्ना गरिएको छ ।

कुटपिटपछि जेठाजु फरार भएको र उनको खोजीकार्य गरिहेको प्रहरीले जनाएको छ ।

Sponsored

सीमाकी श्रीमान् मनोज यादव करिब २ वर्ष देखि वैदेशिक रोजगारमा रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *