जनकपुरधामका मेयरका घर अगाडी वडाध्यक्षहरुले नै फाले फोहोर
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १४ गते ।
जनप्रतिनिधिहरुले नै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् ।
फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नै नगर प्रमुख साहको घर अगाडी फोहोर थुपारेका हुन् ।
दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरुले नै फोहोर नगरप्रमुख लालकिशोर शाहको घर अगाडी थुपारेका हुन् ।
ड्म्पिंग साइटको अभावमा उपमहानगर भित्रको फोहोर दीपावली नजिकिए पनि उठ्न नसकेपछी स्थानीयमा आक्रोश देखिएपछी नगरप्रमुखले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले त्यो आक्रोश जनप्रतिनिधिमा समेत देखिएको छ ।
Sponsored
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले फोहोर थुपारेका हुन् ।
ट्रैक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफै ट्रैक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्याएका थिए ।
फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रैक्टरसम्म उपलब्ध नगराएकोले बिरोधस्वरुप नगरप्रमुखको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए ।
यद्यपि आफ्नो वडामा आफै सरसफाइ गरेर फोहोर व्यवस्थापन गर्न लागेको वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहअले बताए ।