TodayPati

सर्लाहीमा आज दिनभर विद्युत अवरुद्ध रहने


टुडेपाटी-
सर्लाही, कार्तिक १३ गते ।

सर्लाही जिल्लामा आज दिन भर विद्युत अवरुद्ध हुने भएको छ । मर्मत संभार तथा रुखका हांगाबिंगा पन्छाउन जिल्लाभरको बत्ती काटिएको हो ।
शनिबार बिहान सबा ८ बजे पछिबाट काटिएको बत्ती दिउँसो ४ बजेपछि सूचारु हुने नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जनाएको छ ।
जिल्लाभर प्रवाह हुने ३३ केभी र ११ केभी प्रशारण लाईन झण्डै ८ घण्टा अवरुद्ध हुने लालबन्दी वितरण केन्द्रले सूचना मार्फत जनाएको छ ।
सर्लाहीमा अहिले बरहथवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभी लाईनबाट र अन्य क्षेत्रमा नवलपुरमा नवनिर्मित ग्रिड सवस्टेशनबाट बिजुली प्रवाह भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *