TodayPati

नागरिकताको विषयमा हामी राष्ट्रिय सहमति चाहन्छौ : अध्यक्ष दाहाल


टुडेपाटी-
जनकपुरधाम, कार्तिक १३ गते ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको न्यायालयको क्षेत्रमा समस्या देखिएकोले गठबन्धनको दलहरुले त्यसको लागि धारणा बनाउने प्रक्रियामा रहेको बताएका छन् । अहिले गठबन्धनको सरकार रहेकोमा गठबन्धन राम्रो सँग चलिरहेको तर न्यायालयमा समस्या देखिएकोले गठबन्धनका नेताहरु काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको अध्यक्ष दाहालले बताए ।

शनिवार जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले अहिले गठबन्धनका नेताहरु काठमाडौँ भन्दा बाहिर भएकोले साँझा धारणा बनाउनमा ढिलो भएको बताए । उनले बैठक बस्ने बितिक्कै गठबन्धनका धारणा आउने बताए ।

लामो समय देखि संसद विजनेशलेश रहेको प्रश्नमा अध्यक्ष दाहालले प्रतिपक्षी दलले संविधानको मर्म भावना विपरीत अनावश्यक रुपमा संसद अवरुद्ध गरेकोले अब अध्यादेशबाट भएपनि महत्वपूर्ण नागरिकता विधेयक लगायत महत्वपूर्ण विधेयकहरु अगाडी बढाउने दाहालले बताए ।

Sponsored

पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहना रहेको बताए । उनले भने, ‘नागरिकता विधेयकको लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौ । राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भएपनि जान्छौ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *